Rule 36
जोखिमयुक्त रुखको व्यवस्थापन
(१) वनक्षेत्र बाहेकका जग्गाधनी प्रमाणपुर्जा नभएका सरकारी कार्यालय, समिति, संस्थान, अन्य कार्यालय परिसरमा बा वनक्षेत्र बाहेकका बाटोमा छहारी पर्ने, चौतारा, पानीको मुहान, धार्मिक स्थल, सार्वजनिक स्थल वा अन्य स्थानमा जोखिम अवस्थामा रहेका रुख तत्काल नहटाएमा सो रुखबाट जनधनको क्षति हुने अवस्था देखिएमा देहाय बमोजिमको समितिको निर्णयको आधारमा डिभिजनल वन अधिकृतले त्यस्तो रुख हटाउन अनुमति दिन सक्नेछ:-

(क) डिभिजनल वन अधिकृत -संयोजक

(ख) जिल्ला प्रशासन कार्यालयको

अधिकृत प्रतिनिधि “सदस्य (ग) जिल्लास्थित मालपोत कार्यालयको अधिकृत प्रतिनिधि अउख्य (घ) जिल्लास्थित नापी कार्यालयको

अधिकृत प्रतिनिधि सदस्य (ङ) सम्बन्धित प्रहरी कार्यालयको

अधिकृत प्रतिनिधि » सकख (च) सम्बन्धित स्थानीय तहको

सम्बन्धित वडाको वडा सदस्य

अध्यक्ष

(२) उपनियम (१) बमोजिम .प्राप्त हुने वन पैदावार डिभिजनल वन अधिकृतले सार्वजनिक सूचना जारी गरी लिलाम बिक्री गर्नु पर्नेछ।

(३) उपनियम (२) : बमोजिम बिक्री गरिएको वन पैदावारमध्ये काठ, दाउरा ओसारपसार गर्नु परेमा डिभिजन वन कार्यालयको टाँचा र सिल/लगाई ओसारपसार गर्नु पर्नेछ।

(४) कुनै प्राकृतिक कारणले रुख ढली वा बगेर गई कुनै सार्वजनिक बाटो, लोकमार्ग, विद्युत लाईन, खानेपानी, ढल निकास, कुलो वा खोला आदिमा अवरोध हुन गएमा डिभिजनल वन अधिकृतले सम्बन्धित निकायसँग समन्वय गरी तत्काल अवरोध हटाउनु पर्नेछ र प्रदेश वन निर्देशकलाई जानकारी गराई त्यस्तो रुख यथाशीघ्र सङ्कलन गरी सुरक्षित स्थानमा घाटगद्वी/गर्नु पर्नेछ ।

(५) हवाई सुरक्षाका दृष्टिकोणले जोखिममा रहेका रुखको हाँगा काट्नु पर्ने वा रुख नै हटाउनु पर्ने अवस्था भएमा उपनियम (१) बमोजिमको समितिको निर्णयको आधारमा डिभिजनल वन अधिकृतले हाँगा काट्न वा रुख हटाउन अनुमति दिन सक्नेछ।